Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यसरी भयो सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँड

यसरी भयो सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँड

दैनिकी न्यूज

८, चैत्र २०७९
यसरी भयो सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँड
images

काठमाडौँ । आज (बुधबार) सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालय सानिमा मिडिल तमोरको आईपीओ विहान १० बजे बाँडफाँड गरिएको हो।

यो कम्पनीले गत फागुन २६ गतेदेखि फागुन ३० गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो। कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख ९८ हजार ७५० कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता सेयर यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरिसकेको छ। बाँकी रहेको सेयरमध्ये अब ५ प्रतिशतले हुन आउने २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो भने ४२ लाख ४८ हजार ९३८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यो आईपीओमा १३ लाख ५६ हजार ३४१ आवेदकबाट कुल १ करोड ५० लाख ८८ हजार ८८० कित्ता सेयर माग भएको थियो। जसमा १३ लाख ४८ हजार ३४२ आवेदकबाट परेको १ करोड ४९ लाख ७२ हजार २० कित्ता सेयरमात्रै सदर भएको छ। बाँकी ७ हजार ९९९ आवेदकबाट परेको १ लाख १६ हजार ८६० कित्ता सेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो। जसअनुसार भाग्यमानी ४ लाख २४ हजार ८९३ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये ८ जनाले थप एक–एक कित्ता सेयर पाउनेछन्।

यस हिसाबले सदर आवेदकमध्ये ९ लाख २३ हजार ४४९ जनाको हात खाली भएको छ। 

images
प्रकाशित मिति :चैत्र ८, २०७९ बुधवार - ११:४०:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology