काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
आइतबार नेप्से परिसूचक २६.८५ अङ्क घटेर १ हजार ८८८.२७ बिन्दुमा झरेको छ। पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा उतारचढाव आइरहेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.०१ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अङ्क घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.९५ अङ्कले घटेको छ।
आइतबार कारोबारमा आएका २५९ कम्पनीको ३७ लाख ५४ हजार कित्ता शेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ। बिहीबारको तुलनामा आज नेप्से कारोबार रकमसमेत घटेको छ। बिहीबार १ अर्ब ४१ करोडको शेयर कारोबार भएको थियो।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक ४.७७ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्त ३.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन र व्यापार २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैङ्क, वित्त, बैङ्क र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्से परिसूचक घटेपनि माया खोला हाइड्रोपावर र एसियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, कालिन्चोक दर्शनको शेयर मूल्य ६ प्रतिशत बढेको छ। तर यता जीवन विकास लघुवित्त, जाल्पा लघुवित्त, युनिक नेपाल लघुवित्त र महिला लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आइतबार हिमालयन डिष्टिलरी कम्पनीको ८ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।