Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मोटरसाइकल दुर्घटनामा बुखेलका दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा बुखेलका दुई जनाको मृत्यु

दैनिकी न्यूज

१४, चैत्र २०७९
मोटरसाइकल दुर्घटनामा बुखेलका दुई जनाको मृत्यु
images

ललितपुर । महांकाल गाउँपालिका वडा नं. १ बुखेल रातो पहिरोस्थित सडकमा बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक बाग्मती गाउँपालिका–७ घर भई महांकाल गाउँपालिका–१ बुखेल बस्ने ३५ वर्षीय बिष्णु प्रसाद फुँयाल र मोटरसाइकलमा सवार उनकै श्रीमती ३४ वर्षीया सिर्जना फुँयाल रहेका छन् । साथै दुर्घटनामा गम्भीर घाइते भएकी उनकै छोरी ५ वर्षीय सिर्जना फुँयाललाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - २०:३७:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology