Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

मोटरसाइकल दुर्घटनामा बुखेलका दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा बुखेलका दुई जनाको मृत्यु

दैनिकी न्यूज

१४, चैत्र २०७९
मोटरसाइकल दुर्घटनामा बुखेलका दुई जनाको मृत्यु
images

ललितपुर । महांकाल गाउँपालिका वडा नं. १ बुखेल रातो पहिरोस्थित सडकमा बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक बाग्मती गाउँपालिका–७ घर भई महांकाल गाउँपालिका–१ बुखेल बस्ने ३५ वर्षीय बिष्णु प्रसाद फुँयाल र मोटरसाइकलमा सवार उनकै श्रीमती ३४ वर्षीया सिर्जना फुँयाल रहेका छन् । साथै दुर्घटनामा गम्भीर घाइते भएकी उनकै छोरी ५ वर्षीय सिर्जना फुँयाललाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - २०:३७:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology