Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

दैनिकी न्यूज

२९, चैत्र २०७९
बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
images

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बझाङ र बैतडी जोडने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका वडा न.. ८, झौलेक गाउ नजिक हिजो राती ११ बजेतिर जिप दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्युु भएको र ५ जना जिपबाट हाम फालेर बाँच्न सफल भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीका अनुसार बैतडीको झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से १ ज ७६४ नम्बरको जिप दुर्घटना भएको हो ।

चालकसहित १२ जना सवार जिप उकालोमा पछाडि धकेलिएको बुझिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - ०७:४०:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology