Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

रौतहटमा गोली चल्यो, एक जनाको मृत्यु

रौतहटमा गोली चल्यो, एक जनाको मृत्यु

दैनिकी न्यूज

३, बैशाख २०८०
रौतहटमा गोली चल्यो, एक जनाको मृत्यु
images

रौतहट । रौतहटको गढीमाइ नगरपालिकामा सडक सम्बन्धी विवादका क्रममा दुई समूहबीच झडप हुँदा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

गोली लागेर गढीमाइ नगरपालिका वडा नं. ८ का ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। अरु चार जना घाइतेको उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आशंकामा १० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको र सीमा क्षेत्रमा कडाइ गरिएको बताइएको छ। साथै घटनामा संलग्नहरूमाथि अनुसन्धान जारी रहेको छ।

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - ०६:०६:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology