Logo

सोमवार, श्रावण २५ गते २०८३

images

राष्ट्रिय परिचयपत्रलाई नमान्ने भन्दै एयरपोर्टमा रोकिए पूर्वमन्त्री

राष्ट्रिय परिचयपत्रलाई नमान्ने भन्दै एयरपोर्टमा रोकिए पूर्वमन्त्री

दैनिकी न्यूज

३, बैशाख २०८०
राष्ट्रिय परिचयपत्रलाई नमान्ने भन्दै एयरपोर्टमा रोकिए पूर्वमन्त्री
images

काठमाडौं । राष्ट्रिय परिचयपत्रलाई सरकारले बहुउपयोगी आधिकारिक दस्तावेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको छ । सङ्कलित विवरणबाट केहीलाई परिचयपत्र वितरण पनि गरेको छ । तर उक्त परिचयपत्रलाई नचिन्दा एक जना सांसद तथा पूर्वमन्त्री नै समस्यामा परेका छन् ।


राष्ट्रिय परिचयपत्र बोकेर भारतको बेङ्लुरु जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता तथा पूर्वमन्त्री डोलप्रसाद अर्यालको राष्ट्रिय परिचयपत्रलाई विमान सेवाका कर्मचारीले मान्यता दिएनन् । नेपाल वायुसेवा निगमको उडानबाट जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमका कर्मचारीले शनिबार राष्ट्रिय परिचयपत्रलाई यात्राको कागजात (ट्राभल डकुमेन्ट)को मान्यता नदिँदा समस् या भएको हो ।

सार्वजनिक सेवालाई सहज र नागरिकमैत्री बनाउन राष्ट्रिय परिचयपत्र अर्थात् विद्युतीय प्रणालीमा आधारित पृथक् नम्बर र चिप्सर फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्ड प्रयोगमा ल्याए पनि ट्राभल डकुमेन्टमा नसमेट्दा कार्डलाई नै व्यक्तिको पहिचान एवं सेवा सुविधाका आधार कार्ड मान्ने नमान्ने भन्ने बारे प्रश्न उब्जाएको छ ।

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - ०६:४३:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology