Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अर्थतन्त्र जटिल अवस्थामा, व्यापक अनुदान कटौती

अर्थतन्त्र जटिल अवस्थामा, व्यापक अनुदान कटौती

दैनिकी न्यूज

१६, बैशाख २०८०
अर्थतन्त्र जटिल अवस्थामा, व्यापक अनुदान कटौती
images

काठमाडौँ । मुलुकको अर्थतन्त्र जटिल अवस्थामा गएर राजस्वले चालु खर्च पनि धान्न नसकेपछि संघीय सरकारले प्रदेश र स्थानीय सरकारमा जाने करिब साढे ३१ अर्ब रुपैयाँ अनुदान कटौती गरेको छ । यसअघि ससर्त अनुदानका रूपमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत कृषिको साढे ८ अर्ब रुपैयाँ पनि रोक्का गरेको सरकारले फेरि समानीकरण अनुदानको थप करिब २३ अर्ब १३ करोड रुपैयाँ कटौती गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका शाखा अधिकृत चूडामणि अर्यालका अनुसार चालु आव २०७९–८० को अन्तिम किस्तामा प्रदेश र स्थानीय सरकारमा जाने वित्तीय समानीकरण अनुदानअन्तर्गत अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती गरिएको हो । यसरी ५० प्रतिशत अनुदान कटौती गर्दा प्रदेश सरकारलाई जाने ९ अर्ब ९३ करोड ६८ लाख र स्थानीय तहमा जाने १३ अर्ब २० करोड १५ लाख रुपैयाँ रोकिएको छ । सरकारले चालु आवको बजेटमा विनियोजन भएअनुसार प्रदेश सरकारलाई अन्तिम किस्तामा पठाउनुपर्ने १९ अर्ब ८७ करोडमध्ये ५० प्रतिशत कटौती गरेको हो ।

images
प्रकाशित मिति :बैशाख १६, २०८० शनिवार - ०६:०७:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology