Logo

सोमवार, श्रावण २५ गते २०८३

images

डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा लोक सेवा

डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा लोक सेवा

दैनिकी न्यूज

१८, बैशाख २०८०
डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा लोक सेवा
images

काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रिया शुरु गर्ने भएको छ ।

आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार अघिल्लो वर्ष मङ्सिर, पुस र माघमा विभिन्न विज्ञापनमा दरखास्त दिएका आवेदकको विवरण आयोगसँग सुरक्षित रहेकाले त्यसैका आधारमा दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान र थप दस्तुर तिर्न नपर्ने गरी पुनःदरखास्त आह्वान प्रक्रियामा रहेको छ ।

अघिल्लो वर्ष मङ्सिरमा प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदको विज्ञापन, पुसमा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदको विज्ञापन र माघमा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राविधिक) नायब सुब्बा वा सो सरहको र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेश भएका दरखास्तसम्बन्धी विवरणमा पहुँच पाउन नसकेको आयोगले जनाएको छ ।

आयोगले प्रेस विज्ञप्ति जारी गरी उक्त विज्ञापनका परीक्षा कार्यक्रम परिमार्जन गरी यथाशिघ्र नयाँ परीक्षा प्रकाशन गर्ने प्रक्रियामा आयोग रहेको उल्लेख गरेको छ । अघिल्लो वर्ष फागुन २३ गतेदेखि राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आयोगको अनलाइन प्रणाली अवरुद्ध भएको थियो ।

images
प्रकाशित मिति :बैशाख १८, २०८० सोमवार - १०:३४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology