Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपाल र युएईको फाइनल खेल वर्षाले रोकियो

नेपाल र युएईको फाइनल खेल वर्षाले रोकियो

दैनिकी न्यूज

१८, बैशाख २०८०
नेपाल र युएईको फाइनल खेल वर्षाले रोकियो
images

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र युएईको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई १६ ओभरमा ६०–५ को दयनीय अवस्थामा छ । युएईका आसिफ खान २० बलमा ३ चौकासहित १५ रनमा क्रिजमा छन् । उनलाई बसिल हमिदले ११ बलमा १ चौकासहित ६ रनमा साथ दिएका छन् ।

नेपालले सानदार बलिङका साथ युएईलाई दयनीय अवस्थामा पुयाएपनि वर्षाको कारण पिच र ३० ¥यार्ड क्षेत्र कभरले ढाकिएको छ । टियुमा अहिले सामान्य वर्षा भएको छ । सामान्य वर्षा भएको हुँदा चाँडैनै कभर हट्न सक्ने अनुमान गरिएको छ । नेपालका करण केसीले सर्वाधिक दुई विकेट लिएका छन् । सोमपाल कामी, ललितनाराण राजवंशी र सन्दीप लामिछानेले एक एक विकेट लिएका छन् ।

चोभार एण्डबाट आएका तीव्र गतिका बलर सोमपाल कामीको चौथो ओभरको पहिलो बलमा गल्लीमा युएईका कप्तान मोहम्मद वासिम ११ रनमा टप एज लागेर ललितनारायण राजवंशीबाट क्याच आउट भए । उनले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि वासिम र आर्यन लाक्राले १७ रनको साझेदारी गरेका थिए ।

यस प्रतियोगितामा दुई शतकसहित सर्वाधिक रन बनाउने युवा खेलाडी वृत्य अरविन्द ८ रनमै क्याच आउट भए । तीव्र गतिका बलर करण केसीको पाँचौं ओभरको पाँचौं बलमा वृत्य सट खेल्ने धुनमा आउट साइड एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए ।

आर्यन लाक्राले ब्यक्तिगत १२ रनमा जीवनदान पाएका थिए । स्पिनर ललितको आठौं ओभरको पाँचौं बलमा डप स्क्वायर लेगमा भीम सार्कीले क्याच छाड्न पुगेका थिए । तर करण केसीको लगत्तै अर्को ओभरको पहिलो बलमा आर्यन १३ रनमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।

स्पिनर ललितको १० औं ओभरको पहिलो बलमा अनुभवी ब्याटर रमिज शाहजाद लङअनमा गुलशन झाबाट ५ रनमा क्याच आउट भए । सन्दीप लामिछानेको १४ औं ओभरको पहिलो बलमा रोहन मुस्तफा सट लेगमा कुशल मल्लबाट दुई रनमा क्याच आउट भएपछि युएई ५१–५ को दयनीय अवस्थामा पुगेको थियो ।

images
प्रकाशित मिति :बैशाख १८, २०८० सोमवार - १०:४४:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology