काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र यूएईको बाँकी खेल भोलि हुने भएको छ ।
सोमबार वर्षाले खेल स्थगित हुन पुग्यो । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १०६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । बिहान ११ बजेर ५० मिनेट जादा दोस्रो पटक खेल रोकिएको थियो ।
दिउँसो ३ बजेर ३० मिनेटसम्म पनि वर्षा नरोकिएपछि बाँकी खेल भोली (मंगलबार) हुने म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले घोषणा गरेका हुन् ।
यूएईले यही स्थितिबाट वैकल्पिक दिन राखिएको भोलीको खेल सुरु गर्नेछ । खचाखच दर्शकले भरिएको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले सुरुवातदेखि नै यूएईलाई दबाबमा राखेको थियो र निरन्तर विकेट लिँदै मध्यम लक्ष्य पाउन सफल भयो ।
नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ ।
यो पनि पढ्नुहोस्
वर्षाका कारण नेपाल र यूएईबीचको खेल फेरि रोकियो, नेपालको उत्कृष्ट प्रदर्शन