Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यसरी भयो माई खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट

यसरी भयो माई खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट

दैनिकी न्यूज

१९, बैशाख २०८०
यसरी भयो माई खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट
images

काठमाडौं । माई खोला हाइड्रोपावरको आइपिओ आज बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १ लाख २६ हजार ९४१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। जसमध्ये १ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।

उक्त आइपिओमा १३ लाख ६३ हजार २६६ आवेदनबाट १ अर्ब ५१ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ६५ हजार ८३० कित्ता सेयरको लागि आवेदन परेको थियो।

जसमध्ये ८९ हजार ८३० जनाको आवेदन रद्द भएको छ बिक्री प्रबन्धकले जनाएको छ।

कम्पनीले वैशाख ८ गतेदेखि १२ गतेसम्म उक्त आइपिओ निष्कासन गरेको थियो।

कम्पनीले जारी पुँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १५ करोड २९ लाख रुपैयाँ बराबरको १५ लाख २९ हजार ४११ कित्ता आइपिओ निष्कासनका लागि छुट्याएको थियो।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा जारी पुँजीको १० प्रतिशतले हुन आउने ३ लाख ९२ हजार १५७ कित्ता सेयर बाँडफाँट गरिसकेको छ भने सर्वसाधारणमा जारी हुने ३९ प्रतिशत सेयरमध्ये १० प्रतिशत दरको १ लाख ५२ हजार ९४१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ।

बाँकी रहेको सेयरमध्ये पनि ५ प्रतिशत दरको ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

यस्तै, २ प्रतिशत दरको ३० हजार ५८८ कित्ता सेयर कर्मचारीमा बाँडफाँट गरिसकेको कम्पनीले १२ लाख ६९ हजार ४११ कित्ता सेयर सर्वसाधारणमा वितरण गरेको हो।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ।

images
प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - ११:४७:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology