Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी

दैनिकी न्यूज

२०, बैशाख २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी
images

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई मुछिएका छन् ।

यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट रायमाझी र उनका छारा बिरुद्ध पक्राउ पुर्जी लिएको हो ।

यसैगरी, तत्कालीन गृहमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनीहरुलाई नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ ।

images
प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - १९:३४:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology