Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देश विकासको लागि प्रदेश सरकार आवश्यक

देश विकासको लागि प्रदेश सरकार आवश्यक

दैनिकी न्यूज

२, जेठ २०८०
देश विकासको लागि प्रदेश सरकार आवश्यक
images

रामेछाप । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देश विकास गर्न प्रदेश सरकार आवश्यक रहेको बताएका छन् ।

सोमवार रामेछापको मन्थली माध्यमिक विद्यालय भवन हस्तान्तरण कार्यक्रम बोल्दै मुख्यमन्त्री जम्कट्टेलले देश विकास गर्न प्रदेश सरकार आवश्यक रहेको बताएका हुन् ।

पुराना सामन्ती तत्वहरू व्यवस्था फेर्न हिँडिरहेको भन्दै उनले त्यसको कुनै तुक नरहेको बताए । ‘यो व्यवस्था हजारौं शहीदहरूको रगतले ल्याएको हो,' उनले भने, 'पुराना सामन्ती तत्वहरू व्यवस्था फेर्न हिँडिरहेका छन् । सडकमा चिच्याउँदै छन् । हचुवाको भरमा कराउँदै हिड्नुको कुनै तुक छैन ।'

346107107_3201720776792345_3645585677789749243_n.jpg

images
प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - ०६:४३:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology