Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोल र ग्यासको यथावत

डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोल र ग्यासको यथावत

दैनिकी न्यूज

२, जेठ २०८०
डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोल र ग्यासको यथावत
images

काठमाडौँ । डिजेल र मट्टीतेलको भाउ एक लिटरमै १० रुपैयाँले घटाएको छ। सोमबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले भाउ घटाउने निर्णय गरेको हो।


यससँगै डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ। यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो।

पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

images
प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - २१:४९:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology