Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

बुधबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

दैनिकी न्यूज

२४, जेठ २०८०
बुधबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर
images

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :जेठ २४, २०८० बुधवार - ११:५८:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology