Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पैसा थुपारेर पनि ऋण दिँदैनन् बैंकहरुले

पैसा थुपारेर पनि ऋण दिँदैनन् बैंकहरुले

दैनिकी न्यूज

२८, जेठ २०८०
पैसा थुपारेर पनि ऋण दिँदैनन् बैंकहरुले
images

काठमाडौं । पछिल्लो समय कर्जा प्रवाह न्यून हुँदै जाँदा बैंकमा निक्षेपको थुप्रो लाग्न थालेको छ। अर्थतन्त्रमा आएको सुस्तता र उच्च व्याजदरका कारण कर्जाको माग नै हुन नसक्दा बैंकमा निक्षेप थुप्रिन थालेको हो । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको चालु आर्थिक वर्षको १० महिना ९वैशाखसम्म०को वित्तीय अवस्थाले बैंकमा निक्षेपको थुप्रो लागेको देखाएको हो ।

प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा ३ खर्ब ७० अर्व ७८ करोड रुपैयाँ निक्षेप संकलन भएको छ, जुन गत असारको तुलनामा ७।३ प्रतिशतको वृद्धि हो । आवको सो अवधिमा यस्तो निक्षेप २ खर्व ३१ अर्ब ३२ करोड रुपैयाँले वढेको थियो । वार्षिक विन्दुगत आधारमा ०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेर लगानीयोग्य रकम (तरलता) पर्याप्त हुँदा पनि कर्जा प्रवाहको वृद्धि भने निकै न्यून छ। चालु आवको वैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्व ५३ अर्ब १७ करोड रुपैयाँमात्रै वृद्धि भएको छ ।

गत साउनदेखि वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाले कुल १ खर्व ५३ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असारको तुलनामा यो ३.३ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ४८ अर्ब १४ करोड रुपैयाँ अर्थात् १३.४ प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा ०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३।१ प्रतिशतले बढेको छ । अर्थतन्त्रमा आएको मन्दी र व्याजदरको समस्याका कारण कर्जाको माग बढ्न नसकेको बैंकरहरूको विश्लेषण छ ।

पूर्ववैंकर पर्शुराम कुँवर क्षेत्री अझै केही समय कर्जाको प्रवाह धेरै नबढ्ने बताउँछन् । “नयाँ आर्थिक वर्ष नै पर्खनुपर्ने हुन सक्छ कर्जाको माग बढ्नका लागि,” उनी भन्छन्, “पहिलो त्रैमासको अन्तिमसम्ममा कर्जा बढ्ला भन्ने मलाई लाग्छ ।”

अहिले बैंक पनि कर्जा लगानीमा आक्रामक हुन नचाहेको उनी बताउँछन् । बैंकहरूले पुरानै कर्जा उठाउन नसकेर समस्या परिरहेको समयमा नयाँ कर्जा दिन नरुचाएको उनको बुझाइ छ ।

यता बैंकरहरू भने अव विस्तारै कर्जा प्रवाह बढ्ने बताउँछन् । बैंकको व्याजदर क्रमशः घट्दै गएकाले कर्जाको माग विस्तारै बढ्ने सार्वजनिक रुपमा बैंकरहरूले बताउँदै आएका छन् । आजको कारोबार दैनिकबाट

images
प्रकाशित मिति :जेठ २८, २०८० आइतवार - ०८:०४:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology