कालिकोट । कालिकोटको शुभकालीका गाउँपालिका वडा नं. ६ को बोलेरो गाडी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । शनिबार राति लु १ च ८४९८ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा चालक शुभकालीका २ का ३० वर्षीय हर्क बिक, शुभकालीका ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले ३ का २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
प्रहरी निरीक्षक यज्ञराज जोशीको टोली घटनास्थल पुगेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।