Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बैकहरुले असारमा निक्षेप ब्याजदर नघटाउने

बैकहरुले असारमा निक्षेप ब्याजदर नघटाउने

दैनिकी न्यूज

३१, जेठ २०८०
बैकहरुले असारमा निक्षेप ब्याजदर नघटाउने
images

काठमाडौं । बैंक वित्तीय संस्थामा तरलता सहज भए पनि ब्याजदर भने स्थिर राख्ने भएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गत वैशाखदेखि कायम ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिने निर्णय गरेको हो ।

ब्याजदरको चर्को विरोध भएपछि वैशाखमा संघले ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेको थियो । वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव ९९ प्रतिशत कायम छ ।

संस्थागत निक्षेपकर्ताको ब्याजदर ७ दशमलव ९९ प्रतिशत र साधारण बचतको ब्याजदर ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशत कायम छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

images
प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - ०७:२२:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology