Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उकालो यात्रामा सेयर बजार, लगानीकर्ता उत्साहित

उकालो यात्रामा सेयर बजार, लगानीकर्ता उत्साहित

दैनिकी न्यूज

३२, जेठ २०८०
उकालो यात्रामा सेयर बजार, लगानीकर्ता उत्साहित
images

काठमाडौं । करिब दुई वर्ष लामो गिरावटपछि सेयर बजारले उकालो यात्रालाई पुनः निरन्तरता दिएको छ । करिव १७ सय अंकसम्म झरिसकेको नेप्से परिसूचक पछिल्ला दिनमा दुई हजारभन्दा माथि उक्लिएको छ ।

मंगलवारमात्रै करिब तीन महिनापछि नेप्से परिसूचक दुई हजारमाथि पुगेको थियो, जुन बुधवार पनि कायम रह्यो। पछिल्ला १० कारोबार दिनलाई हेर्ने हो भने सेयर बजार पुँजीकरण दैनिक रुपमा बढिरहेको छ ।

१० दिनअघि २७ खर्ब २४ अर्व ६५ करोड रुपैयाँ रहेको सेयर बजार पुँजीकरण क्रमशः बढ्दै बुधवारसम्म २९ खर्ब ७८ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।

आगामी आर्थिक वर्षको बजेटमार्फत कम्पनीहरूको मर्जर तथा प्राप्ति र सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा कर तिर्नुपर्ने व्यवस्था गरिएसँगै लगानीकर्ता असन्तुष्ट बनेका थिए।

लगानीकर्ताका संस्थाहरूको निरन्तर दबावपछि अर्थमन्त्री प्रकाशशरण महतले अन्योल भएका केही विषय स्पष्ट पारेपछि सेयर बजारले उकालो यात्रा तय गरेको हो।

पछिल्ला दिनको उकालो यात्रालाई विश्लेषकहरूले बजार लयमा फर्कने क्रममा रहेको विश्लेषण गर्न थालेका छन्। लगानीकर्ताहरूको मनोबल उच्च हुँदै जाँदा पछिल्ला दिनमा बजार बढ्न थालेको उनीहरूको बुझाइ छ।

नेप्से परिसूचकमात्र बढेको छैन, कारोबार रकम पनि बढेको छ। यसरी लगातार बजार तथा कारोवार रकम बढ्दै जाँदा घटिरहेको बजार पुँजीकरण पनि बढिरहेको छ ।

बुधवार सेयर बजार दिनभर हरियाली रह्यो। तर, कारोवारको अन्तिम समयमा बजारले एकाएक ५० अंक गुमाउन पुग्यो र त्यसको केही मिनेटमै पुनः लयमा फर्कियो। यसले बजार लयमा फर्कने प्रयास रहेको बुझिने लगानीकर्ता बताउँछन्। यो समाचार कारोबार दैनिकमा छ ।

images
प्रकाशित मिति :जेठ ३२, २०८० बिहिवार - ०६:४२:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology