Logo

आइतवार, श्रावण २४ गते २०८३

images

वन एक्स बेट र क्रिप्टो करेन्सी ट्रेडमा संलग्न पाँच जना पक्राउ

वन एक्स बेट र क्रिप्टो करेन्सी ट्रेडमा संलग्न पाँच जना पक्राउ

राजु नेपाल

३२, जेठ २०८०
वन एक्स बेट र क्रिप्टो करेन्सी ट्रेडमा संलग्न पाँच जना पक्राउ
images

काठमाडौं । बेटीङ एप्लिकेसन वन एक्स बेटमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने र क्रोप्टो करेन्सी ट्रेडमा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली घर भई काठमाडौं चावहिल बस्ने २९ वर्षीय दिनेश खडका, काभ्रेपलाञ्चोक घर भई काठमाडौं चावहिल बस्ने २८ वर्षीया अनिता धिताल, भक्तपुर मध्यपुर ठिमी नगरपालिका(४ घर भएका २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई काठमाडौं पेप्सीकोला बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई काठमाडौं नागार्जुन नगरपालिका–२ बस्ने २४ वर्षीय आशिष लामिछाने रहेका छन् ।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उपत्यकाको मैजुवहाल, मध्यपुर ठिमी, सानो भर्‍याङ, वुद्दनगर लगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट ४ थान ल्यापटप ४ थान, डायरी ६ थान, सिम कार्ड ३४ थान, मोबाइल ७ थान, नागरिकताको प्रतिलिपि ६ थान, विभिन्न बैंकका एटिम ५ थान, विभिन्न बैंकका चेकबुक १४ थान र राउटर ५ थान प्रहरीले बरामद गरेको छ । उनीहरूबाट हालसम्म ७४ करोड १३ लाख ५० हजार ७ सय १३ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई थप अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

images
प्रकाशित मिति :जेठ ३२, २०८० बिहिवार - १०:२६:४६ बजे

 

राजु नेपाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology