Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रेस युनियन ललितपुरको अध्यक्षमा दाहाल निर्वाचित

प्रेस युनियन ललितपुरको अध्यक्षमा दाहाल निर्वाचित

केशव घिमिरे

३, आषाढ २०८०
प्रेस युनियन ललितपुरको अध्यक्षमा दाहाल निर्वाचित
images

ललितपुर । नेपाल प्रेस युनियन ललितपुर शाखाको सातौ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । शनिबार ललितपुरको बज्रबाराही स्थित भलिं पुःच पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले केदारनाथ दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।

अधिवेशनबाट उपाध्यक्षमा रूपकृष्ण कर्माचार्य, गोमा पाण्डे, प्रनिशा लक्ष्मी अधिकारी चयन भएका छन् ।

त्यस्तै, सचिवमा काजिमान खड्का, सहसचिवमा बिनिता डंगोल र कोषाध्यक्षमा प्रकाश थिङ चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा रन्जीत धमला, अनिशा बिष्ट, शनिराज शाक्य, राजकुमार थिङ, अर्चना झा, अमरदीप श्रेष्ठ र सुनिता बिश्वकर्मा चयन भएका छन् ।

images
प्रकाशित मिति :आषाढ ३, २०८० आइतवार - ०६:५७:४१ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology