Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

७, आषाढ २०८०
सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । सुनको भाउ घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले घटेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :आषाढ ७, २०८० बिहिवार - ११:२१:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology