Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यू

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यू

दैनिकी न्यूज

८, आषाढ २०८०
गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यू
images

काठमाडौं । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गोरखा जिल्ला प्रहरी कार्यालयका डीएसपी लीलाराज लामिछानेका अनुसार दुर्घटनामा जिल्लाको सहिद लखन गाउँपालिका–५, पोखरीडाँडाका १८ वर्षीय निरज थापा, सोही ठाउँका वर्ष २२ का प्रविन थापा, सोही ठाउँकी १७ वर्षीया नविना थापा, सोही ठाउँका ६५ वर्षीय धनबहादुर थापा र २४ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो।

सहिद लखन गाउँपालिका–३ सिलिङमा आइतबार बिहान २ बजेतिर प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट खस्दा १२ जना घाइते भएका छन्।

घाइते पनि सबै जना एकै ठाउँ सहिदलखन गाउँपालिका–५, पोखरीडाँडाका बासिन्दा हुन्।

गोरखा प्रहरीका अनुसार दुर्घटनामा स्थानीय लालु थापा, सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना र प्रतीक राना घाइते भएका हुन्।


‘यिनीहरूमध्ये ३ जनालाई थप उपचारका लागि भरतपुर लगिएको छ भने बाँकी ९ जना घाइतेको भने आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :आषाढ ८, २०८० शुक्रवार - ०९:४९:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology