Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार काठमाडौंबाट पक्राउ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार काठमाडौंबाट पक्राउ

दैनिकी न्यूज

१५, आषाढ २०८०
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार काठमाडौंबाट पक्राउ
images

काठमाडौं । प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको छ।

प्रहरी वृत बानेश्वरको टोलीले शुक्रबार अपराह्न उनलाई बानेश्वरबाट पक्राउ गरेको हो।

रौनियारविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी उजुरी परेको थियो। सोही उजुरीका आधारमा रौनियारलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए।

बाँके प्रहरीसँगको समन्वयमा उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको हो।

उनलाई थप अनुसन्धानका लागि बाँके पठाउने तयारी छ।

images
प्रकाशित मिति :आषाढ १५, २०८० शुक्रवार - १९:५३:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology