Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि

दैनिकी न्यूज

२७, आषाढ २०८०
सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पत्नी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।

सीताको पार्थिक शरीरमा प्रधानमन्त्री प्रचण्डसँगै छोरीहरु रेणु र गङ्गा दाहालले दागबत्ती दिएका हुन्।

उनको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरे । त्यस लगत्तै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै स्वर्गीय दाहालप्रति सम्मान प्रकट गरेको छ ।

आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उनका छोरीहरू रेणु र गङ्गा दाहाल, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न दलका शीर्ष नेताको उपस्थिति थियो ।

पशुपति आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, माओवादी केन्द्रसहित अन्य दलका नेता–कार्यकर्ता र शुभेच्छुकको बाक्लो उपस्थिति थियो।

दाहालको बुधबार बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । हिन्दु परम्परा अनुसार दाहालको अन्त्येष्टि गरिएको छ ।

images
प्रकाशित मिति :आषाढ २७, २०८० बुधवार - १६:३६:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology