Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि

दैनिकी न्यूज

२७, आषाढ २०८०
सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पत्नी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।

सीताको पार्थिक शरीरमा प्रधानमन्त्री प्रचण्डसँगै छोरीहरु रेणु र गङ्गा दाहालले दागबत्ती दिएका हुन्।

उनको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरे । त्यस लगत्तै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै स्वर्गीय दाहालप्रति सम्मान प्रकट गरेको छ ।

आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उनका छोरीहरू रेणु र गङ्गा दाहाल, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न दलका शीर्ष नेताको उपस्थिति थियो ।

पशुपति आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, माओवादी केन्द्रसहित अन्य दलका नेता–कार्यकर्ता र शुभेच्छुकको बाक्लो उपस्थिति थियो।

दाहालको बुधबार बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । हिन्दु परम्परा अनुसार दाहालको अन्त्येष्टि गरिएको छ ।

images
प्रकाशित मिति :आषाढ २७, २०८० बुधवार - १६:३६:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology