Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सांसद डा. तोसिमा कार्कीको अभिव्यक्तिको माओवादी केन्द्र ललितपुरद्वारा खेदप्रकट

सांसद डा. तोसिमा कार्कीको अभिव्यक्तिको माओवादी केन्द्र ललितपुरद्वारा खेदप्रकट

दैनिकी न्यूज

२८, आषाढ २०८०
सांसद डा. तोसिमा कार्कीको अभिव्यक्तिको माओवादी केन्द्र ललितपुरद्वारा खेदप्रकट
images

ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत धर्मपत्नी सीता दाहालको निधनलाई लिएर ललितपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीले दिएको अभिव्यक्ति खेदजनक रहेको भन्दै नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति ललितपुरले भर्त्सना गरेको छ।

जिल्ला समन्वय समिति ललितपुरका संयोजक शिव प्रसाद कट्टेल र जिल्ला इन्चार्ज दिनेश महर्जनले संयुक्त विज्ञप्ति जारी गर्दै सांसद कार्कीको अभिव्यक्ति खेदजनक र असंवेदनशील भएको ठहरसहित घोर भर्त्सना गरेका छन्।

‘सांसद कार्कीद्वारा पशुपति आर्यघाटमा सञ्चारमाध्यमसँगको कुराकानीमा दिएको अभिव्यक्तिप्रति ललितपुर जिल्ला पार्टी कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँको उक्त अभिव्यक्ति खेदजनक र असंवेदनशील भएको हाम्रो निष्कर्ष छ।’

सीता दाहालको निधनपछि बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो। आर्यघाटमा श्रद्धाञ्जलीका लागि पुगेकी सांसद कार्कीले सञ्चारमाध्यमहरूलाई प्रतिक्रिया दिने क्रममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ।

हेर्नुहोस विज्ञप्ति

1-07-13.jpg

images
प्रकाशित मिति :आषाढ २८, २०८० बिहिवार - २१:०७:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology