Logo

सोमवार, श्रावण २५ गते २०८३

images

७१ प्रतिशतले घट्यो लाभकर

७१ प्रतिशतले घट्यो लाभकर

दैनिकी न्यूज

३, श्रावण २०८०
७१ प्रतिशतले घट्यो लाभकर
images

काठमाडौं । धितोपत्र बजारवाट सरकारले आर्थिक वर्ष (आव) २०७९–८० मा रू. २ अर्ब ९७ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । सरकारले व्यक्तिगत लगानीकर्तातर्फ दीर्घकालीनवाट रू। ९९ करोड ८५ लाखभन्दा बढी र अल्पकालीनबाट रू। १ अर्ब ६४ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ ।

त्यस्तै संस्थागत लगानीकर्ताबाट सरकारले आव २०७९–८० मा रू. ३३ करोड १२ लाखभन्दा बढी पूंजीगत लाभकर संकलन गरेको छ । गत आव सरकारले अघिल्लो आवको तुलनामा ७१ प्रतिशतभन्दा कम पंजीगत लाभकर संकलन गरेको हो ।

अघिल्लो आव २०७८–७९ मा सरकारले रू. १० अर्ब ३५ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । अघिल्लो वर्ष दीर्घकालीन लगानीकर्ताबाट रू। २ अर्व ३६ करोड ६१ लाखभन्दा बढी र अल्पकालीनबाट रू। ६ अर्ब ४९ करोड ६५ लाखभन्दा बढी कर सरकारले उठाएको थियो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

images
प्रकाशित मिति :श्रावण ३, २०८० बुधवार - ०७:०१:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology