Logo

सोमवार, श्रावण २५ गते २०८३

images

रिलायबल नेपाल लाइफको आईपीओ भर्ने आज अन्तिम दिन

रिलायबल नेपाल लाइफको आईपीओ भर्ने आज अन्तिम दिन

दैनिकी न्यूज

१०, श्रावण २०८०
रिलायबल नेपाल लाइफको आईपीओ भर्ने आज अन्तिम दिन
images

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज (साउन १० गते) अन्तिम दिन रहेको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत असार २७ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

नेपाली धितोपत्र बोर्डबाट रिलायबल नेपाल लाइफले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न अनुमति पाएको छ। कुल कित्ताको १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ।

कम्पनीले अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँ दरमा आईपीओ जारी गरेको हो।

सीडीएससीका अनुसार हिजो साउन ९ गते साँझसम्म यो आईपीओमा विदेशमा रहेका २५ हजार ५९४ आवेदकबाट कुल १८ लाख ५२ हजार ५३० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १।५४ गुणाले बढी आवेदन हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

विदेशमा रहेका श्रमिकले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले यो आईपीओमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन्।

रिलायबल नेपाल लाइफको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ। 

images
प्रकाशित मिति :श्रावण १०, २०८० बुधवार - ०९:४८:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology