Logo

सोमवार, श्रावण २५ गते २०८३

images

साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै अपि पावर

साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै अपि पावर

दैनिकी न्यूज

१४, श्रावण २०८०
साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै अपि पावर
images

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि यो हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार २२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार २१ गतेसम्म कायम शेयरधनीहरू मात्र आवेदन दिनका लागि योग्य भएका हुन् ।

गत चैत ६ गते हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन पेश गरेको कम्पनीले असार ६ गते बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीले हाल कायम चुक्तापूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रूपैयाँको आधारमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख रूपैयाँभन्दा बढी पुग्नेछ ।


यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालय र मेरो शेयरमार्फत आवेदन दिन सकिने व्यवस्था छ । 

images
प्रकाशित मिति :श्रावण १४, २०८० आइतवार - १०:३०:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology