काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कले बढेको छ । आज परिसूचक ९.२५ अङ्कले बढेर २ हजार ८६ दशमलव ८४ अङ्कमा कायम भएको हो ।
नेप्सेका अनुसार आज २६९ कम्पनीको ९३ लाख ६१ हजार सात सय ८६ कित्ता शेयर ३५ हजार ८ सय ३५ पटक खरिद बिक्री हुँदा एक अर्ब ८१ करोड २४ लाख ७३ हजार आठ सय ५६ बराबरको कारोबार भएको छ ।
जलविद्युत् समूह ५.६८, लघुवित्त ११.०७ र व्यापार समूह १.७८ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ७८.०८ र निर्जीवन बीमा समूह ६५.४४ अङ्कले बढेको छ । आज बैंकिङ समूह १०.५१, विकास बैंक ३९.३३, वित्त ३०.६२ र लगानी समूह ०.०१ अङ्कले बढेको छ ।
त्यस्तै, जीवन बीमा ४२.८१, उत्पादन तथा प्रशोधन १७.८४, म्युचुअल फन्ड ०.०१ र अन्य समूह ४.६६ अङ्कले बढेको छ । आरबीबी म्युचुअल फन्ड–१ को शेयर मूल्य सबैभन्दा धेरै ४.१४ प्रतिशतले बढेको हो ।
सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ११ करोड १९ तीन लाख पाँच सय १९ बराबरको शेयर मूल्य किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको १८ लाख १८ हजार नौ सय नौ कित्ता शेयर किनबेच भएको छ ।