Logo

सोमवार, श्रावण २५ गते २०८३

images

विमानस्थलबाट सय ग्राम सुन बरामद

विमानस्थलबाट सय ग्राम सुन बरामद

दैनिकी न्यूज

१९, श्रावण २०८०
विमानस्थलबाट सय ग्राम सुन बरामद
images

काठमाडौँ । भन्सार छलि लैजान लागेको करिब १ सय ग्राम सुनको बालासहित भारतीय नागरिक पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२ वर्षीय इस्हाबलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरीले जानकारी दिएको छ।

प्रहरीले थप अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालयमा बुझाएको छ।

images
प्रकाशित मिति :श्रावण १९, २०८० शुक्रवार - १८:२९:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology