Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सन्तोष दाहाल सहित ५ जुवाडे ललितपुरको झरुवाराशीबाट पक्राउ

सन्तोष दाहाल सहित ५ जुवाडे ललितपुरको झरुवाराशीबाट पक्राउ

केशव घिमिरे

२३, श्रावण २०८०
सन्तोष दाहाल सहित ५ जुवाडे ललितपुरको झरुवाराशीबाट पक्राउ
images

ललितपुर । गोदावरी नगरपालिका वडा नं. १३ झरुवाराशीबाट सन्तोष दाहालसहित ५ जना जुवाडेलाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार दिउसो पक्राउ गरेको छ ।

प्रहरी वृत्त चापागाउँको वडा एरियामा अवैध रूपमा जुवातास खेल्ने खेलाउने कार्य भईरहेको भन्ने गोप्य सूचना प्राप्त हुन आएको हुँदा प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले विष्णु प्रसाद घिमिरेले भाडामा लिई कुखुरा पालन गर्न बनाएको अस्थायी जस्ताको टहरोमा रितपूर्वक खानतलासी लिँदा टहरोभित्र मानिसहरू भेला जम्मा भई अवैध रूपमा जुवातास खेलिरहेको अवस्थामा जुवातासको खालबाट ५ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ललितपुर जिल्ला, गोदावरी–१० टाहाखेल बस्ने वर्ष ४० को मोहन थापा, महाँकाल–२ मानिखेल बस्ने वर्ष ४० को गणेश बजगाईं, गोदावरी–११ चापागाउँ बस्ने वर्ष २८ को राम कुमार घिमिरे, ललितपुर जिल्ला, गोदावरी–४ बडिखेल बस्ने वर्ष ७२ को विष्णु प्रसाद घिमिरे, गोदावरी–११ चापागाउँ बस्ने वर्ष ३१ को सन्तोष दाहाल रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट ७१ हजार ३५५ रुपैयाँ नगदसहित तीन बुक तास बरामद गरेको छ ।

उनीहरुमाथि आवश्यक अनुसन्धान गर्न ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए ।

images
प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - १०:१३:५५ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology