Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोनापुर मिनरल्सको प्रिमियममा आईपीओ बिक्री खुला

सोनापुर मिनरल्सको प्रिमियममा आईपीओ बिक्री खुला

दैनिकी न्यूज

२९, श्रावण २०८०
सोनापुर मिनरल्सको प्रिमियममा आईपीओ बिक्री खुला
images

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले आजदेखि प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले स्थानीयका लागि अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता जारी गरेको छ। जुन जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ५ प्रतिशतबराबरको हो।

यो आईपीओमा उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीयले खरिद आवेदन दिन सक्नेछन्। स्थानीयाले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २६ गते बैंकिङ समयपछि हुनेछ।

स्थानीयले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, कुमारी बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका स्थानीय शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसैगरी कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँका दरले १० लाख ७६ हजार २६८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ। जुन सर्वसाधारणलाई छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउँछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले आउँदो भदौ ११ गतेभित्र आवेदन दिनुपर्नेछ। उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

सोनापुर मिनरल्सको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ। 

images
प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - १०:२९:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology