Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सर्वसाधारणलाई भदौ १० देखि प्रिमियममा माण्डु हाइड्रोपावरको आईपीओ

सर्वसाधारणलाई भदौ १० देखि प्रिमियममा माण्डु हाइड्रोपावरको आईपीओ

दैनिकी न्यूज

३, भाद्र २०८०
सर्वसाधारणलाई भदौ १० देखि प्रिमियममा माण्डु हाइड्रोपावरको आईपीओ
images

काठमाडौं । भदौ १० गतेदेखि माण्डु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गर्नलागेको हो ।

यस निष्काशनमा न्युनतम १० कितात र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँड गरिसको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

images
प्रकाशित मिति :भाद्र ३, २०८० आइतवार - ०८:५७:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology