Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उच्चस्तरीय समिति बनाउन दलहरू सहमत

उच्चस्तरीय समिति बनाउन दलहरू सहमत

दैनिकी न्यूज

५, भाद्र २०८०
उच्चस्तरीय समिति बनाउन दलहरू सहमत
images

काठमाडौँ । साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको ६० केजी सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउन दलहरूबीच सैद्धान्तिक सहमति जुटेको छ।

सोमबार राति सिंहदरबारमा बसेको उक्त बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले उठाउँदै आएको उच्चस्तरीय समिति बनाउने कुरामा दलहरु सहमत भएका हुन्।

उक्त बैठकले उच्चस्तरीय समिति बनाउने कुरामा सहमति जुटाउँदै ३ सदस्यीय कार्यदल पनि बनाउने निर्णय गरेको छ।

उच्चस्तरीय समितिको टीओआर तय गर्नका लागि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका प्रमुख रमेश लेखक सदस्य रहेको तीन सदस्यीय कार्यदल बनाइएको हो।

एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय समितिको ड्राफ्ट बनाउने गरी तीन नेता सम्मिलित कार्यदल बनाइएको जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद भएको ६० किलो सुनबारे छानबिन गर्न उच्चस्तरीय समिति माग गर्दै प्रतिपक्षी एमालेले साउन १० यता लगातार संसद अवरोध गरिरहेको छ।

संसद अवरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सोमबार राति राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक बसेको हो।

images
प्रकाशित मिति :भाद्र ५, २०८० मंगलवार - ०८:१६:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology