Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सातै प्रदेशमा वर्षा हुने, सचेत रहन आग्रह

सातै प्रदेशमा वर्षा हुने, सचेत रहन आग्रह

सातै प्रदेशमा वर्षा हुने, सचेत रहन आग्रह
images

काठमाडौं । आज (मंगलबार) देशका सातै प्रदेशमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन(चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ । यसका साथै नेपालमा हाल भारतको उत्तर प्रदेश, मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले यी क्षेत्रहरूमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :भाद्र ५, २०८० मंगलवार - ०८:५२:५० बजे

 

पूर्ण प्रसाद सापकोटा

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology