काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ स्थिर थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १४ सय १५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १३ सय ९० रुपैयाँमा किनबेच भएको थियो।