Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१९, भाद्र २०८०
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । हिजो सुनको भाउ प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएकोमा आज तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ प्रतितोला एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४४५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - ११:१२:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology