Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भदौ २८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै मिड सोलु हाईड्रोपावर

भदौ २८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै मिड सोलु हाईड्रोपावर

दैनिकी न्यूज

२०, भाद्र २०८०
भदौ २८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै मिड सोलु हाईड्रोपावर
images

काठमाडौं । भदौ २८ गतेदेखि मिड सोलु हाईड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणमा ६ लाख २१ हजार १७२ कित्ता आईपीओ सार्वजनिक निष्कासन गर्न लागेको हो । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले साउन १४ गतेदेखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ भदौ ६ गते बाँडफाँट गरिसकेको छ ।

त्यस्तै आयोजना प्रभावित स्थानीयमा साउन १४ गतेदेखि ३० गतेसम्म विक्री गरेको ७ लाख ४८ हजार ४०० कित्ता आईपीओ भने भदौ १८ गते बाँडफाँट गरेको हो ।

कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।

सर्वसाधारणमा छिटो अवधि असोज १ गतेदेखि विक्रीमा रहने यो आईपीओ सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि असोज ११ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओसमेत छिटो अवधिसम्म मात्र विक्रीमा रहने देखिन्छ । कम्पनीको आईपीओका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओ खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । 

images
प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - ०६:४६:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology