Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अनाथालय सञ्चालनका लागि विराट महायज्ञ शुभारम्भ

अनाथालय सञ्चालनका लागि विराट महायज्ञ शुभारम्भ

दैनिकी न्यूज

२१, भाद्र २०८०
अनाथालय सञ्चालनका लागि विराट महायज्ञ शुभारम्भ
images

ललितपुर । मामामघर अनाथालय सञ्चालनका लागि बुधबारबाट विराट महायज्ञ शुभारम्भ भएको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नं. १४ बाँडेगाउँमा बुधबारबाट सुरु भएको महायज्ञ भदौ ३० गतेसम्म सञ्चालन हुने छ । व्यापक प्रचारप्रसार सहित सुरु भएको महायज्ञको उदघाटन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले गरेका हुन् ।

महायज्ञको उद्घाटन गर्दै मन्त्री भण्डारीले पवित्र उद्देश्यका साथ सुरु भएको विराट महायज्ञको सफललाको शुभकामना व्यक्त गरे । “मामाघर अनाथालय निर्माणका लागि गरिएको यो महायज्ञ महत्वपूर्ण छ । असाध्यै राम्रो काम छ । जसले बालबालिकाको लागि केही न केही संरक्षण गर्छ । यसको सफलताको कामना गर्दछु । मेरो पनि केही योगदान रहोस् भनेर स्वगीय माता इन्दु सिंह भण्डारीको नामबाट एक लाख एक हजार रुपैंयाँ सहयोग गर्न चाहान्छु ।” मन्त्री भण्डारीले भने ।

महायज्ञमा सकलित रकमबाट गोदावरी नगरपालिका वडा १४ बाडेगाउमा सञ्चालनमा रहेको अनाथाश्रमको व्यवस्थापनका लागि उपयोग हुने मामाघर अनाथालयका अध्यक्ष बालयोगेश्वोर बिजयमूर्तीजी महाराजले जानकारी गराए ।
“अब निर्माण गरिने आश्रमका संरचनामा देशभरका अनाथ बालबालिकाहरूको लागि नेपालकै नमुना अनाथ आश्रम, वृहत आध्यात्मिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, अन्न क्षेत्र, धर्मशाला, सत्सङ्ग भवन, पुस्तकालय, खेल मैदान, सन्त निवास, प्रवचन हल, गौशाला आदि निर्माण गरिने छ । निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने उद्देश्यले गोदावरी धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद् भागवत विराट ज्ञान महायज्ञ सञ्चालन गरिएको हो ” महाराजले भने । महायज्ञको प्रमुख संरक्षकमा गोदावरी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सानुराज घिमिरे तथा सहसंरक्षकमा वडा नं. १४ का अध्यक्ष निरोज बज्राचार्य रहेका छन् ।

images
प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - ०७:००:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology