Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

दैनिकी न्यूज

२१, भाद्र २०८०
सुनको भाउ घट्यो
images

काठमाडौं । नेपाली बजार बिहीबार पनि सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४३० रुपैयाँमा किनबेच भएको थियो।

आजसँगै लगातार ३ दिन सुन–चाँदीको भाउ घटेको छ ।

images
प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - ११:११:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology