Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

आज १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

दैनिकी न्यूज

२४, भाद्र २०८०
आज १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र–२०८६ 'झ' बोलकबोलमाध्यमबाट बिक्री गरेर १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो।

विकास ऋणपत्र भदौ २४ गते अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने भदौ २५ गते निष्काशन हुनेछ । यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन् ।

यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । वि.सं. २०८६ भदौ २५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।

घटीमा रू ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ रू ५० हजारले भाग लिँदा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जबाट हुनेछ ।

images
प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - ०८:०४:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology