Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो

आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो

दैनिकी न्यूज

२६, भाद्र २०८०
आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो
images

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै आज प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १४ सय ५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - ११:४३:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology