Logo

सोमवार, श्रावण २५ गते २०८३

images

४ वाणिज्य बैंकले घोषणा गर्यो लाभांश, कुन बैंकको कति ?

४ वाणिज्य बैंकले घोषणा गर्यो लाभांश, कुन बैंकको कति ?

दैनिकी न्यूज

२९, भाद्र २०८०
४ वाणिज्य बैंकले घोषणा गर्यो लाभांश, कुन बैंकको कति ?
images

काठमाडौं । ४ वटा वाणिज्य बैंकले आव २०७९÷८० को मुनाफाबाट लाभांश घोषण गरेका छन् । लाभांश घोषणा गर्नेमा एनआइसी एशिया, एभरेष्ट, माछापुच्छ्रे र सनिमा बैंक रहेका छन् ।

एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

एभरेष्ट बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी, सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउने छन्।

 

images
प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - १९:०७:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology