काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला पाँचसय रुपैयाँले बढेको हो।
आज छापावाल सुन तोलाको एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। शनिबार छापावाल सुन तोलाको एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुन तोलाको एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले बढेर एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।