काठमाडौं । एभरेष्ट बैंकले साधारणसभा आह्वान गरेको छ। बैंकले असोज ३० गते काठमाडौँको लैनचौर स्थित लैनचौर ब्यान्क्वेटमा सभा बोलाएको छ । यससंगै बैंकले दशैँ अगाडी नै साधारणसभा गर्ने भएको छ ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १०.५३ प्रतिशत नगद लाभांश गरि २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
बैंकले साधारणसभा प्रयोजनको लागि असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।