Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

८, आश्विन २०८०
सोमबार सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै आज प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४३० रुपैयाँमै किनबेच भएको थियो।

images
प्रकाशित मिति :आश्विन ८, २०८० सोमवार - १०:५८:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology