Logo

आइतवार, श्रावण २४ गते २०८३

images

डम्बरपुरमा पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने

डम्बरपुरमा पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने

दैनिकी न्यूज

११, आश्विन २०८०
डम्बरपुरमा पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने
images

बारा । बारा जिलाको उत्तरी भेग निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा दशैको अवसरमा उक्त खेल हुन लागेको हो । असोज १७ गतेबाट सो उदघाट्न खेल हुने आयोजकले बताइएको छ ।

फ्याफुल्ला युथ क्लबद्वारा आयोजना गरेको उक्त खेलबाट प्रथम हुने समूहले नगद ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै दोस्रो हुने समुहले नगद २५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

यहि असोज १४ गते सम्म टिम दर्ताको लागि म्याद तय गरिएको खेल १७ असोजबाट फ्याफुल्ला युथ क्लको खेल मैदानमा हुने आयोजक सस्थाका अध्यक्ष कमान थिङ्गले जानकारी दिएको छ ।

संस्थाका अध्यक्ष तिङ्गले भने ‘निजगढ, सिङ्गौल र अम्लेखगंजलगायतका सहभागी टीमहरू गरी जम्मा १५–१६ टीमले सहभागीता जनाउने अपेक्षा रहेको छ । हेरौ दशैको अवसरमा प्राःय सबै जसो स्थानमा खेलकुदको कार्यक्रमहरू हुने भएकाले अपेक्षा अरूप न होला अहिले नै भन्न सकिन्न १६ भित्र सबै सहभागी जनाउनु पर्ने टीम दर्ता भैइ सक्छ सोही अधिकारीक टीम हुने छ' संस्थाका अध्यक्ष थिङ्गले जानाकारी दिए ।

images
प्रकाशित मिति :आश्विन ११, २०८० बिहिवार - ०९:१७:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology