Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भारतलाई तेस्रो झट्का, सन्दीपले लिए विकेट

भारतलाई तेस्रो झट्का, सन्दीपले लिए विकेट

दैनिकी न्यूज

१६, आश्विन २०८०
भारतलाई तेस्रो झट्का, सन्दीपले लिए विकेट
images

काठमाडौं । नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनल भारतविरुद्ध तेस्रो विकेट लिएको छ ।

झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले १३ ओभरमा ३ विकेट गुमाउदै १ सय १९ रन बनाएको छ ।

यशस्वी जैसवाल ४० बलमा ६ चौका र ६ छक्कासहित ८१ रनमा क्रिजमा छन् । नवौं ओभरको पाँचौं बलमा दीपेन्द्रको बलमा ठूलो सट खेलेका भारतीय कप्तान ऋतुराज गायकवाड डिप मिडविकेटमा रोहित पौडेलबाट क्याच आउट भए ।

सुरुवात देखिनै सङ्घर्ष गरेका गायकवाड २३ बलमा ४ चौकासहित २५ रनमा आउट भए । पहिलो विकेटका लागि जैसवाल र गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए । तर लगातार विकेट गुमाएपछि रनको गतिमा ब्रेक लागेको छ ।

तिलक बर्मालाई सोमपाल कामीले १२ औं ओभरको चौथो बलमा २ रनमा बोल्ड आउट गरे । तिलक बर्माले १० बल खेलेका थिए । जितेश शर्मा सन्दीप लामिछानेको १३ औं ओभरको पाँचौं बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए । शिबम दुबे क्रिजमा आएका छन् ।

images
प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - ०७:५४:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology