धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं. २ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ ।
सिद्धलेक गाउँपालिका वडा नं. ६ का राज कुमार श्रेष्ठका छोरा निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनीहरुलाई बाटो क्रस गर्ने क्रममा उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो ।
काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो ।
मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए । घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् ।
ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ ।